लुम्बिनी अञ्चल अन्तर्गत कपिलवस्तु जिल्लाको रेडियो जगतमा छुट्टै पहिचान सहित आठौं रेडियोको रुपमा सत्य,तथ्य ,सन्तुलित र विश्वसनिय समाचार र जनचेतनामुलक कार्यक्रम साथमा समाज परिवर्तनको उद्देश्यका साथ शान्ति सम्वृद्धि र संचारको तरंगको नारासहित  कपिलमुनि सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो बाणगंगा वि.सं. २०७१ अशोज १३ गते १० बजेबाट परिक्षण प्रशारण शुरु गरेको हो । रेडियो बाणगंगा ९०.६ मेगाहर्ज स्थापनाकाल देखि नै ५०० वाट क्षमतासहित एफ.एम बेण्डको ९०.६ मेगाहर्जबाट लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लाका साथै बाग्लुङ,पर्वत,रुकुम,रोल्पा,प्युठान ,दाङ लगायत १६जिल्लामा तथा इन्टरनेट अनलाइनको माध्यमबाट संसारभर एकै साथ सुन्न सकिन्छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नंं.१३ बनगाईमा अवस्थित यस रेडियोले समाजमा भए गरेका सत्य,तथ्य र निश्पक्ष रुपमा बिहान ४ः४५ देखी राती ११ः०० बजे सम्म प्रशारण गरिरहेको छ ।